१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

क्याम्पसले चर्को शुल्क बृद्धि गरेको भन्दै कपिलवस्तुका विद्यार्थी संगठन आन्दोलित



कपिलवस्तु, साउन १० ।
पब्लिक क्याम्पस संघ कपिलवस्तुले विद्यार्थीको ढाड सेक्ने गरि क्याम्पसको शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । शुल्क बृद्धिको विरोध स्वरुप मङ्गलबार ७ विद्यार्थी संगठनले पब्लिक क्याम्पस संघलाई ज्ञापनपत्र बुझाएका छन ।
कपिलवस्तुमा क्रियाशिल अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अखिल छैठौ, अखिल (क्रान्तिकारी), राजपा विद्यार्थी फ्रन्ट र समाजबादी विद्यार्थी फोरमले संयुक्त विज्ञप्ति निकाली चर्को शुल्क बृद्धिको विरोध जनाएका हुन ।
हालै मात्र कपिलवस्तुका सबै क्याम्पसहरुले मासिक शुल्कमा ५ सय र भर्ना शुल्कमा १६ सय रुपैया बृद्धि गरेका छन । यहि शुल्क बृद्धिलाई लिएर विद्यार्थी संगठनहरु आन्दोलनमा होमिएका हुन् । पब्लिक क्याम्पस संघ कपिलवस्तुका अध्यक्ष नवराज तिवारीलाई मङ्गलबार शुल्क बृद्धिको निर्णय फिर्ता लिन माग राख्दै विद्यार्थी संगठनहरुले ज्ञापनपत्र बुझाएका छन् । यहि साउन १५ गते भित्र शुल्क बृद्धिको निर्णय फिर्ता नभए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रिने विद्यार्थी नेताहरुले विज्ञप्ति मार्फत चेतावनी दिएका छन ।
ज्ञापनपत्रमा अनेरास्ववियुका शुसील खत्री, नेविसंघका राकेश पाण्डे, अनेरास्ववियु (क्रान्तिकारी) का जिएन पाण्डे, अखिल छैठौका रामप्रसाद पौडेल, अखिल (क्रान्तिकारी) का रुपा कुमारी बुढा मगर, राजपा विद्यार्थी फ्रन्टका पिन्टु शुक्ला र समाजबादी विद्यार्थी फोरमका मनिश पाण्डेले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।
ज्ञापनपत्र बुझ्दै पब्लिक क्याम्पस संघका अध्यक्ष तिवारीले विद्यार्थीको मागलाई सम्बन्धित निकाय सम्म पु¥याउने बताउनुभएको थियो । शुल्क बृद्धि गर्नु क्याम्पसहरुको रहर नभई बाध्यता भएको बुझ्न विद्यार्थीहरुलाई अध्यक्ष तिवारीले आग्रह गर्नुभएको थियो ।
यसैबिच क्यापनपत्र बुझाए पश्चात विद्यार्थी संगठनहरुले जिल्लामा संयुक्त आन्दोलन संघर्ष समिति निर्माण गरेका छन् । ९ सदस्यिय संघर्ष समितिको संयोजकमा नेविसंघका सभापति राकेश पाण्डे र सहसंयोजकमा अनेरास्ववियुका शुसील खत्री रहनुभएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७४ मंगलबार ००:००  १२ : ३४ बजे