१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

श्रृङ्गीघाट सामुदायिक बनद्धारा निर्वाचित जनप्रतिनिधिलाई सम्मान



कपिलवस्तु साउन ११ ।
वाणगंगा नगरपालिकामा अवस्थित श्रृङ्गिघाट सामुदायिक बनले आथिक बर्ष २०७३÷०७४ को गरिबी निवारण अन्र्तरगतको रकम उपभोक्तालाई वितरण गरेको छ । उपभोक्तालाई वितरणको लागि छुट्याइएको विभिन्न शिर्षकको गरि कुल १४ लाख ४५ हजार रकम सामुदायिक बनले उपभोक्तालाई वितरण गरेको हो । जस अन्र्तगत घुम्ति कोष सञ्चालनमा ७ लाख, बाख्रा पालनका लागि ५ लाख ६० हजार, गोवर ग्यास अनुदानका लागि ४५ हजार र टोल समितिलाई मसलन्द खर्च बापत १ लाख ४० हजार रकम वितरण गरेको श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रेनु सेनले जानकारी दिनुभएको छ ।
वाणगंगा नगरपालिकाको वडा नम्बर १, ३, ४ र ५ का उपभोक्ता रहेका यस सामुदायिक बनमा १४ मौजामा समिति विस्तार छ । सामुदायिक बनमा कुल आम्दानी भएको रकम मध्ये केहि प्रतिशत गरिबी निवारणका लागि उपभोक्तालाई बाड्नु पर्ने भएकोले रकम वितरण गरिएको सामुदायिक बनका सचिव कृष्ण पौडेलले बताउनुभयो ।
यसैबिच श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिले जिल्लाको जीतपुर चारनम्बरमा मङ्गलबार सम्मान कार्यक्रम तथा बाख्रा पालन र गोवर ग्यास अनुदान वितरण कार्यक्रम राखेको छ । भर्खरै निर्वाचित भएका वाणगंगा नगरपालिकाका मेयर, उपमेयर तथा बनका उपभोक्ता रहेका ४ वडाका निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई श्रृङ्गीघाट सामुदायिक बनले सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर मंगल प्रसाद थारुले उपभोक्तालाई वितरण गरिएको रकमलाई सहि सदुपयोग गर्न सुझाव दिनुभयो । आर्थिक रुपमा बोलियो पार्न आफ्ना उभोक्तालाई बनले रकम वितरण गरि राम्रो कामको शुरुवात गरेको मेयर चौधरीले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सन्तराम रौतार, वडा नम्बर ४ का वडा अध्यक्ष गशेण बहादुर क्षेत्री र वडा नम्बर ५ का अध्यक्ष भिष्मराज भुषालले आफुहरु बनको संरक्षण र प्रर्बधनको लागि संग संगै हातेमालो गर्दै अगाडी बढ्न तयार रहेको बताउनुभएको थियो ।
सोहि अवसरमा सामुदायिक बन महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराई, नागरिक समाज कपिलवस्तु अध्यक्ष दोलक बहादुर पछाई, बनका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले पनि मन्तव्य राख्नुभएको थियो । श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रेनु सेनको अध्यक्षतामा भएको कार्यक्रममा हुमनाथ घिमिरेको स्वागत मन्तव्य र सचिव कृष्ण पौडेलको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  १ : २६ बजे