१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

देउवा सरकारले आज पूर्णता पाउँदै



काठमाडौं, ११ साउन ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार पहिलोपटक मन्त्रिपरिषद बिस्तार हुँँदैछ ।
मन्त्री चयनमा आफ्नै पार्टीको आन्तरिक समस्या झेल्दै आएका देउवाले दोस्रो चरणको स्थानीय चुनावको व्यस्ततालाई कारण देखाउँदै मन्त्रिपरिषद बिस्तार गर्नुभएको थिएन ।
कांग्रेसमा भागबण्डाको आधारमा मन्त्री बन्नेहरुको सूची टुंगो लगाएर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । सरकारमा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट पनि मन्त्रीहरु समावेश हुँदैछन् । राप्रपासँग भने अझैसम्म कुरो मिलेको छैन
प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीका अनुसार आज दिउँसोसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ । मंगलबार नै मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
गत जेठ २३ गते देउवा प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए । त्यसको भोलिपल्टै कांंग्रेसबाट ३, माओवादीबाट ३ र फोरम लोकतान्त्रिकबाट १ जना गरी जम्मा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ०१ बजे