१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यि हुन माओवादी केन्द्रले छानेका ६ मन्त्री, केही राज्यमन्त्री पनि (हेर्नुहोस नामावली)



काठमाडौं, ११ साउन ।
नेकपा माओवादी केन्द्रले बुधबार मन्त्री बन्ने ६ नेताको नाम टुंगो लगाएको छ । माओबादीले केही राज्यमन्त्री पनि बनाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, माओवादी सहितका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । माओवादीबाट महेन्द्रकुमार शाही उर्जामन्त्री बन्नु हुने भएको छ । स्वास्थ्यमन्त्रीमा गिरिराजमणी पोखरेलको नाम तय भएको छ । माओवादीबाट मन्त्री बन्ने अन्य नेताहरुमा शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेकबहादुर बस्नेत र सन्तकुमार चौधरी हुनुहुन्छ । उहाहरु मन्त्री बन्ने पक्का भएपनि मन्त्रालय भने टुङ्गी सकेको छैन । माओवादीले केही राज्यमन्त्री पनि पठाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ०४ बजे