१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चेपुवामा बाबुराम



काठमाडौं, साउन १२ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई दिनप्रतिदिन चेपुवामा पर्दै गएका छन् । वैकल्पिक शक्ति बनाउने उद्देश्य सहित खोलिएको नयाँ शक्तिले स्थानीय तहमा अत्यन्तै निराशाजनक मत पाएपछि सो पार्टीले उनको विकल्पसमेत खोज्न थालेको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर ठूलो पार्टी बनाउने भट्टराईको योजना नेतृत्वको विषय र पार्टी्भित्रका नेताहरूको विचारमा एकता हुन नसक्दा सफल भएन । संघीय समाजवादीसँग पार्टी एकता तत्कालका लागि टरेपछि पार्टी्भित्र विवेकशील र साझा पार्टी पार्टीसँग एकता गरेर जानुपर्ने एक पक्षले चर्को रूपमा उठाइरहेका छन् ।
अर्को्तिर भने नेकपा माओवादी केन्द्रसँग नै पार्टी एकता गरेर अघि बढ्नुपर्ने विषय पनि सतहमा उठ्न थालेको छ । दुवै पक्षले आफूअनुकूल पार्टी एकता गर्न अहिले नै वैचारिक लाइनसमेत त्यहीअनुरूप बनाउने तयारीसमेत गरिरहेका छन् । माओवादीसँग नजिक भएर जानुपर्ने मत राख्नेहरूले पार्टीको विचार तथा सिद्धान्तमा नै माक्र्सवाद मानेर जानुपर्ने तथा पार्टीलाई तलैसम्म संगठन निर्माण गरेर जानुपर्ने अडान अघि सारेका छन् । तर विवेकशील साझा पार्टीसँग एकता गरेर जानुपर्छ भन्नेहरू भने पार्टीलाई मासबेसका आधारमा लैजानुपर्ने पक्षमा छन्।समाजवादी फोरम नेपालसँग पार्टी एकता अन्तिम चरणमा पुगेर पनि बिथोलिएपछि भट्टराई भने पछिल्लोपटक पार्टी्भित्र चलेको कार्य्दिशाको विषयमा अप्ठ्यारो स्थितिमा छन् ।
‘जनयुद्ध’को पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ताहरू पार्टीको कार्य्दिशामा माक्र्सवादलाई समेट्नुपर्ने तथा पार्टी संगठन तलसम्म नै विस्तार गरेर जानुपर्ने र द्वन्द्वात्मक भौतिकवादका आधारमा अघि बढ्नुपर्ने पक्षमा छन् । यो अडान राख्नेहरूमा वरिष्ठ नेता देवेन्द्र पौडेल, पार्टी प्रवक्ता खिमलाल देवकोटा लगायतका नेताहरू छन्।तर केशव दाहाल, डम्बर खतिवडालगायतका नेताहरू पार्टी मास बेसमा अघि बढ्नुपर्ने भन्दै माक्र्सवाद र कम्युनिष्ट कार्य्दिशाको पक्षमा छैनन् ।
संयोजक भट्टराईले बुधबारदेखि सुरु भएको पार्टीको संघीय परिषद् बैठकमा प्रस्ताव पेस गर्दै कार्य्दिशा कस्तो बनाउने भनेर प्रस्ताव राखेका छन् । उनले माक्र्सवाद राख्ने कि नराख्ने, संगठन विस्तार गरेर जाने कि कसरी अघि बढ्नेजस्ता विषयसमेत अगाडि सारेका छन् ।
वैकल्पिक शक्तिको उद्देश्य र आर्थिक समृद्धिको नारा बोकेर तत्कालीन एमाओवादीबाट अलग भएका भट्टराईलाई पार्टीमा वैचारिक एकता कायम गर्नसमेत सकस छ । वैचारिक विषयलाई लिएर नै रामेश्वर खनाल, मुमाराख खनाल जस्ता नेताहरू बाबुरामबाट अलग भइसकेका छन् ।
पछिल्लोपटक नयाँ शक्तिमा साझा पार्टी र विवेकशील पार्टीजस्तै नयाँ शक्ति पनि भएको भन्दै उनीहरूबीच एकता गरेर जानुपर्ने बहस चर्कंदै गएको छ । अर्का्तिर परिवर्तनका एजेन्डाहरूलाई बचाउन भए पनि माओवादी केन्द्रसँग नै एकता गर्नुपर्ने विषयसमेत झनै जोडका साथ उठेको छ ।
संघीय परिषद् सदस्यहरूको जारी बैठकमा ७५ जिल्ला तथा आंगिक गरेर करिब ८०र८५ नेताहरूले आफ्नो धारणा राख्ने छन् । बैठकबाट नै नयाँ शक्तिको वैचारिक लाइन समेत स्पष्ट हुने नेताहरू बताउँछन् ।
संघीय परिषद् सदस्य केशव अर्यालले बैठकले आगामी कार्य्दिशा र पार्टीको आगामी कार्यक्रम तय गर्ने बताए । उनले पार्टीले अब कस्तो कार्य्दिशा लिन्छ भन्ने विषयसमेत बैठकबाट टुंगो लाग्ने समेत बताए । आजको राजधानी दैनिकमा खबर छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  २ : २२ बजे