७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तीनै तहको चुनाव हुनेमा एमालेको आशंका



काठमाडौं, १२ साउन ।
मुख्य विपक्षी दल नेकपा एमालेले आउँदो माघ ७ गतेभित्र तीनै तहको चुनाव हुनेमा आशंका गरेको छ ।
बिहीबार बिहान बसेको एमालेको स्थायी कमिटिको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न ढिलो भएकाले माघ ७ भित्र तीनै तहको तुनाव हुनेमा आशंका गरेको हो ।
बैठकले तोकिएको समयमै राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहेर काम सम्पन्न गर्न आयोगलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला समन्वय समितिको चुनाव अन्तर्गत पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङमा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  ६ : ४९ बजे