१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

जिल्ला समन्वय समितिमा कांग्रेसको बहुमत पुग्ने निश्चित



मायादेवी समाचार, कपिलवस्तु, १३ साउन ।
कपिलवस्तुमा जिल्ला समन्वय समितिको निर्वाचनको तयारी अघि बढाईएको छ । यसैक्रममा जिल्ला समन्वय समितिको प्रथम जिल्ला सभाले समितिको संख्या नौ रहने निर्णय गरेको छ । कपिलवस्तुको तौलिहवा स्थित समन्वय समितिको कार्यालयमा संपन्न सभाले प्रमुख, उप प्रमुख सहित सो संख्या निर्धारण गरेको हो । समितिमा ३ महिला सदस्य, अल्पसंख्यक जनजाति, दलीतको समेत सहभागीता रहने गरी निर्णय भएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानले जानकारी दिनुभएको छ ।
जिल्ला समन्वय समितिमा कम्तीमा ६ देखि बढीमा नौ सदस्य बनाउन सक्ने प्रावधान छ । केही दिन अघि निर्वाचन आयोगले समन्वय समितिको संख्या निर्धारण गरी पठाउन पत्राचार गरेको थियो । सोही अनुसार बैठक बसी संख्या निर्धारण भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताउनुभयो । जिल्ला सभामा मतदान गर्न १० तहका २० जना सदस्य छन ।
सभामा प्रत्येक तहबाट प्रमुख र उप प्रमुख सदस्य रहने प्रावधान छ । जस अनुसार कांग्रेसको १०, एमालेको ५, संघीय समाजबादी फोरम नेपालको २, माओबादी केन्द्रको एक, राजपा स्वतन्त्र एक र एक स्वतन्त्र छन । समन्वय समितिको बहुमतका लागि कांग्रेसको एक सीट कम छ ।
समन्वय समितिमा कांग्रेस कै बहुमत आउने निश्चित प्राय रहेको कांग्रेसी नेताहरु बताउँछन । कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले समन्वय समितिमा समेत कांग्रेस कै पकड रहने दाबी गर्नुभयो । सभाले स्थानीय निकायको निर्वाचन सफलता पुवंक संपन्न गरकोमा सरोकारवाला कार्यालय, मतदाता लागायत सबैमा धन्यबाद ज्ञापन समेत गर्ने निणय गरेको छ । सभा जेष्ठ सदस्य तथा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  ४ : २९ बजे