१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कांग्रेस प्रदेश दुईको चुनाव जित्ने रणनीति बुन्दै



मायादेवी अनलाइन, काठमाडौं, १४ साउन ।
कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि रणनीति बनाउनेबारे शनिबार जनकपुरमा छलफल गर्दैछ । प्रदेश नम्बर २ का आठवटा जिल्लाका पार्टी सभापतिसहितको भेला गरी प्रचार लगायत रणनीति तय गर्ने कांग्रेसको केन्द्रीय प्रचार समितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो ।
स्थानीय सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालबाट समेत पार्टीको घोषणापत्र, उम्मेदवारका प्रतिवद्धता लगायत जानकारी र एजेण्डा प्रचार प्रसार गर्ने र यसका लागि हरेक जिल्लामा प्रचार संयोजक र सहसंयोजक राखेर प्रचार संयन्त्र बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
कांग्रेसले दुईवटा प्रदेशका ८ वटै जिल्लामा शीर्ष नेताले संबोधन गर्ने गरी सभा गर्ने, केन्द्रबाट प्रतिनिधि खटाउने, बेलैमा उम्मेद्वार छनौट गर्ने र प्रचारलाई आक्रामक बनाउने गरी तयारी गरिरहेको संयोजक लेखकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ४ : ४३ बजे