१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भलवाडको पडरिया र भर्लावासमा कालोपत्रे सडक



बाबुराम रायमाझी, भलवाड, १४ साउन ।
वाणगंगा नगरपालिका वडा न.९ स्थित पडरियामा वाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७३÷०७४को भौतिक पूर्वाधार तर्फको ५ लाख ५२ हजार बराबरको लागतमा १ शय ५३ मिटर लम्वाई रहेको कालोपत्रे सडक सम्पन्न भएको छ ।
त्यस्तै बाणगंगा ९ कै भर्लावासमा कपिलवस्तु क्षेत्र न. १ का सासंद वलाराम अधिकारीको संसदीय बिकास कोषको १० लाख र जन श्रमदान ८२ हजार बराबरको लागतमा २ शय ५३ मिटर लम्बाई रहेको कालोपत्रे सडक सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
कालोपत्रे सडक सम्पन्न भएपछि स्थानियबासीमा खुशी छाएको छ । आगामी दिनमा पनि अधुरा रहेका सडकलाई कालोपत्रे गर्ने कार्यलाई सरोकारवाला निकायहरुले निरन्तरता रहने कुरामा वाणगंगाका ९ का वासीहरुले विश्वस्त रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : ०७ बजे