१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

छोरी पाएको भन्दै महिलामाथी निर्घात कुटपिट



किरणमान व्रजाचार्य, कपिलवस्तु १४ साउन ।
छोरी भएको भन्दै कपिलवस्तु नगरपालिका ५ श्रीरामपुर गाउँकी २० बर्षिया सबिना खातुनलाई उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले निर्घात कुटपीट गरेको खबर छ । दुबैले गत साउन ११ गते आफन्तको बिवाहको समारोह मै लठ्ठी मुक्का र लात्तीले अफनो छोरीलाई कुटेको पीडीतका बुवा यशोधरा गाउपालिका– ५ लोहोरौलीका लईस पठानले दाबी गर्नुभयो । कुटपीटबाट सबिनाको कान, पिठीउँ लगायत शरीरका बिभिन्न भागका नील डाम देखिएको छ ।
ढाई महिने दुधे छोरीलाई समेत सबिनाबाट अलग राखिएको छ । तौलिहवा अस्पतालले रिफर गरे पछि उपचारका लागि उनलाई भैरहवा स्थित युनीभर्सल मेडिकल लगिएको थियो । २ दिनको उपचारले केही विषेश भए पछि घर ल्याएको बुवा लईसले बताउनुभयो । अहिले छोरीको अवस्थामा केही सुधार रहेको उहाले बताउनुभयो ।
घटना पछि छारी निकै त्रसित बनेको र आफ्नो घर समेत नजाने निधो गरेको उहाँले बताउनुभयो । पीडित सबिनाले आफुलाई दुबैले बिवाह भएको एक दुईृ महिना मै छोरा नपाए ठीक नहुने भन्दै धम्काउने गरेको बताउनुभयो । छोरी पाए पछि त आफुलाई श्रीमानले दिनहुँ मानसिक तनाव दिने र कुटपीट गर्ने गरेको उहाले बताउनुभयो ।
१४ महिना अघि सबिनाको दिलसारसंग धुमधामले बिवाह भएको थियो । बिवाह लगत्तै दीलसार र ईजहारले आफुहरुलाई बुढेसकालका लागि छोरा नै चाहिएको र छोरी पाए ठीक नहुने भन्दै छोरीलाई धम्की दिने गरेको पीडीतकी आमा शायराले बताउनुभयो ।
गत साउन ११ गते राति आफन्त पर्ने सुद्दको छोरीको बिवाह समारोहमा ज्वाई र सम्धी मिलेर आफ्नै अगाडी निर्घात कुटेको उहाले बताउनुभयो । माईतमा रहेकी छोरी आफनी ढाई महिने छोरीको बिलाप गर्दै बसेकी छिन । दुबैको मुस्लिम परम्परा अनुसार धुमधामसंग बिवाह भएको थियो । बिवाहमा केटा पक्षले मागे अनुसार केटा पक्षले दाईजो समेत दिएका थिए । ११ लाख भारुको महिन्द्रा कान्टो गाडी, ४० हजारको घडी, ५ तोला सुन लागतयका सामाग्री दाइजो स्वरुप दिएको दिएको पीडतका बुवा रईसले बताउनुभयो ।
प्रहरी नायब उपरिक्षक प्रहद अधिकारीले दुबै पक्षलाई प्रहरी कार्यालयमा बोलाईएको बताउनुभयो । ‘ छलफल गर्छौ, त्यसै अनुसार कानुनी प्रकृया अघि बढाउछौ ’ उहाले भन्नुभयो । बिवाहको भएको एक दुई महिनामा नै छोरीको बिषयलाई लिएर दुबै परिवार बिच संबन्ध समेत चिसिएको स्थानीय बताउछन । उता सबिनाका पति दिलसारले आफुले श्रीमतिलाई केही नगरेको दाबी गनुभयो । ‘ खाना पकाउन भनेको मानिन, सामान्य भनाभन मात्र भएको थियो ’ उहाले भन्नुभयो ‘ बिवाहको दिन के भयो भन्ने दुई सय बढी मानिसले देखको छन, मेरो कही गल्ती छैन ’ । सासु र श्रीमति बिच कुराकानी पछि श्रीमितिले ढाई महिने छोरीलाई यत्तिकै छाडेर गएको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : २० बजे