१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लुम्बिनी लर्निङ सेन्टर इपिएसमा उत्कृष्ट नतीजा निकाल्न सफल



कपिलवस्तु, १ साउन ।
कोरियन भाषा परीक्षामा कपिलवस्तुको गजेहडामा रहेको लुम्बिनी लर्निङ सेन्टरले उत्कृष्टता नतीजा हासिल गर्न सफल भएको छ । कोरियन भाषा परीक्षा (इपिएस) मा लुम्बिनी लर्निङ सेन्टरले २९ जना प्रशिक्षार्थीलाई उत्रीर्ण गराउन सफल भएको हो । यो नतीजा कपिलवस्तुको पहिलो हो भने लुम्बिनी अञ्चलकै पहिलो भएको सेन्टरका प्रबन्ध निर्देशक अशिम क्षेत्रीको दाबी छ ।
गत बर्षहरुमा पनि अरु इन्चिच्यूटले भन्दा लुम्बिनी लर्निङ सेन्टरले इपिएसमा बढी प्रशिक्षार्थी उत्र्रीण गराउन सफल भएको थियो । यो बर्ष भाषा परिक्षा दिएका १ सय जना मध्ये २९ जना उत्र्रीण गराउन सफल भएको प्रबन्ध निर्देशक क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यार्थी, शिक्षक र व्यवस्थापन टीमको मेहनतको कारण सोचे जस्तो नतीजा निकाल्न सफल भएको उहाँले बताउनुभयो । भाषा पढ्नकै लागि बुटबल, काठमाण्डौ जानु पर्छ भन्ने मान्यतालाई आफ्नो इन्चिच्यूटले तोडेको क्षेत्रीले बताउनुभयो । आफ्नो इन्चिच्यूटले जति बुटबलका इन्चिच्यूटले पनि नतीजा निकाल्न नसकेको उहाको दाबी छ ।
भाषा परीक्षामा उत्र्रीण भएका विद्यार्थीहरुलाई लुम्बिनी लर्निङ सेन्टरले आफ्नै कार्यलयमा एक कार्यक्रम राखि हार्दिक बधाई तथा सम्मान कार्यक्रम राखेको कार्यकारी प्रमुख तथा प्रशिक्षक नविन चौधरीले बताउनुभयो ।
यस बर्षको भाषा परीक्षाको कक्षा भदौ पहिलो हप्ता देखि सञ्चालन गर्ने लुम्बिनी लर्निङ सेन्टर गजेहडाले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  १ : ३४ बजे