१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सदाचारलाई कुल्चँदै देउवा सरकार, प्रतिवद्धता विपरीत ४४ लाख बाँडेको खुलासा



काठमाडौं, १४ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ ।
असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठ जनालाई गरी ४४ लाख आर्थिक सहायता वितरण गरेको छ । सांसद् रामेश्वर ढुंगेललाई चार लाख आर्थिक सहायता दिइएको छ भने बुद्धिकुमारी पाण्डे रुपन्देहीले पाँच लाख सहायता पाएकी छन् ।यसैगरी अन्य आठजनालाई पनि देउवाले आर्थिक सहायता बाँडेका छन् ।
असार महिनामा मात्र आठ जनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १ : ०९ बजे