७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

महिलाका लागि सुरक्षा सम्बन्धी तालिम बुटबलमा शुरु



बुटवल, १५ साउन ।
रुपन्देहीमा पत्रकार महिलाका लागि सुरक्षा सम्बन्धी तालिम शनिबार देखि सुरु भएको छ । सञ्चारिका समूह नेपालको आयोजनामा तालिम सुरु भएको हो । तालिममा पत्रकार महिलाको व्यक्तिगत, व्यवसायीक तथा पेशागत र डिजीटल सुरक्षाबारे सहजीकरण गरि उपाय बताइने छ । तालिममा प्रदेश नम्बर ५ अन्तरगतका २५ जना पत्रकार महिला सहभागी भएका छन् ।
पत्रकार महिलाहरुको सख्या बढ्दै जादा उनीहरुको व्यक्तिगत, व्यवसायीक, पेशागत र डिजीटल असुरक्षा बढेकाले तालिम आयोजना गरिएको अध्यक्ष निर्मला शर्माले बताउनुभयो । तालिम महिला भएकै कारण हुने समस्या र पत्रकार भएका कारण हुने जोखीम घटाउन सहयोग हुने उपाध्यक्ष नीतु पण्डितले बताउनुभयो । २ दिने तालिममा निर्मला शर्मा, नितु पण्डित, उज्ज्वल शर्मा लगायतले सहजीकरण गर्नुभएको छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  ४ : १६ बजे