१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पुल नहुँदा विद्यार्थी विद्यालयबाट जान वञ्चित



सल्यान, साउन १५ ।

वर्षाका कारण भेरी नदीमा पानीको सतह बढेपछि  सल्यानको बामेका थाँरा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । पानीको सतह बढेपछि नदिमा डुंगा चलाउन नसक्दा उनीहरु विद्यालय जानबाट वञ्चित भएका हुन् ।

सुर्खेतको बजेरीचौर स्थीत भानु माविमा पढ्ने ति बालबालिका एक हप्तादेखि विद्यालय जान नसकेको कक्षा ९ का विद्यार्थि प्रकाश बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पुल निर्माणका लागि सम्बन्धित निकायले चासो नदेखाएपछि काठको डुंगा बनाएका थियौं । त्यो पनि अहिले चलाउन सकिँदैन, जसले गर्दा वारपार गर्न ज्यादै समस्या भयो ।’ नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ । बामे क्षेत्र बन्गाड कुपिन्डे नगरपालिकाको सबैभन्दा विकट बस्ती हो ।

बालबालिकाको वर्षेनी एक महिनाभन्दा बढी समय पढाइ छुट्ने गरेको कारागाउका स्थानीय दिलिप नेपालीले बताउनुभयो । भेरीमा झोलुंगे पुल निर्माणका लागि प्रत्येक वर्ष गाउँपरिषदबाट पास गरेर पठाए पनि खर्च बढी लाग्ने भन्दै सरकारी निकायले बेवास्ता गरेको उहाँले बताउनुभयो । ‘कि त गाउँमै विद्यालय हुनुप¥यो कि त वर्षायामका लागि केही वैकल्पिक व्यवस्था हुनुप¥यो’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  ७ : ३४ बजे