७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

तेनुहुवाबासी एक महिना देखि अध्यारोमा बस्न बाध्य



बिन्दु कुमार चौहान, लुम्बिनी १६ साउन ।
एक महिना देखि बिग्रिएको ट्रान्सफमर्र बिद्युत प्राधिरकणका कर्मचारीको ब्यापक लापर्वाहीका कारण पुनः मर्मत नहुँदा तेनुहवाबासी अध्यारोमा बस्न बाध्य भएका छन ।
बिग्रिएको टान्सफमर्र बनाउन बिद्युत प्राधिकरण भैरहवा लगेको लामो समय भई सक्दा पनि कर्मचारी ढिलासुस्तीको कारण अझै मर्मत सम्हार हुन सकेको छैन् ।
त्यसले गर्दा लुम्बिनी साँस्कृतिक नगरपाकिा ५ का तेनुहवा बासी बिजुली बाल्न नपार्इं अध्यारोमै बस्न बाध्य भएका हुन ।

बिद्युत नहुदा टुकी बालेर तेनुहवा गाँउका सर्वसाधारण खाना पकाउन बाध्य भएको महिला वडा सदस्य अनिता देबी श्रवास्तवले जानकारी गराउनुभयो ।
यस्तै एक महिना देखि घरमा बत्ती नआउदा टुकी बालेर अध्यन गर्नुपरेको पिडा विद्यार्थी एहसान्नुल्लाहले पोखेका छन् ।

त्यति मात्र नभई गाँउमा बिजुली न आए पछि गर्मीले घरमा बस्न नसकी आफू बच्चा सहित रुख मुनि बस्न थालेको सोही गाँउका जग्गी यादवले बताउनुभयो ।
लामो समय देखि गाँउमा लाईन नआउदा बच्चा पढाउने देखि लिएर खाना पकाउन सम्म निकै कठनाई ब्योर्होनु गरेको गृहिणी शान्ति जैसवालले बताउनुभयो ।
सो सम्बन्धमा बिद्युत प्राधिकरणका प्रमुख योगेन्द्र पाण्डेयले बुटवल शाखामा मर्मतका लागि पठाईएको ट्रान्सफर्मर एक दुई दिन पछि जडान गरिने बताउनुभएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १ : ३८ बजे