६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

पूर्व उद्योग मन्त्री जोशीको मुटुमा समस्या, अवस्था सुधारोन्मुख



काठमाडौं, १६ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई मुटुमा समस्या आएपछि एन्जिओप्लास्टिक सर्जरी गरिएको छ ।
शनिबार बिहान छातीमा केही असजिलो महसुस भएपछि महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा एन्जिओप्लास्टिक सर्जरी सफलतासहित सम्पन्न भई उहाँको स्वास्थ्य अवस्था सुघारोम्मुख रहेको उपचारमा संलग्न चिकित्सक रत्नमणि गजुरेलले जानकारी दिनुभएको छ ।
जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिनुभएको उहाँको परिवारले जनाएको छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १ : ४२ बजे