१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

डा. गोविन्द केसी संग आज पनि वार्ता हुँदै



काठमाडौं, १६ साउन ।
११ औं पटक अनसनमा बसिरहेका डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे सोमबार पनि वार्ता हुँदैछ । डा. केसीको माग अनुसार त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारे छलफल हुनेछ ।
संस्थानका डिनले स्वायत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो सुझाव र माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पारित, विगतका सम्झौता कार्यान्वयन, विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार आइओएममा फिर्ता लगायत माग गर्दै ११ औं पटक अनसन थालेको आठ दिन भएको छ ।
अनसनका कारण केही दिनदेखि डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिटो डा. केसीले उठाएका माग पुरा गरेर अनसन टुंग्याउन निर्देशन दिनुभएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  ६ : २५ बजे