८ आश्विन २०७९, शनिबार | Sun Sep 25 2022

राजपा नेता सुक्ल फसादमा पर्दै, आफ्नै गृह जिल्लामा मोर्चाबन्दी



रुपन्देही, १६ साउन ।
राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका केन्द्रीय उपाध्यक्ष सर्बेन्द्रनाथ सुक्लमाथि कारवाही गर्न रुपन्देहीका राजपाका नेता र कार्यकर्ताले माग गरेका छन् । पार्टीको केन्द्रीय निर्देशन र अनुशासन अवज्ञा गरेको आरोप लगाउँदै सुक्लमाथि कडा कारवाही गर्न माग गरिएको रुपन्देहीका राजपाका नेता नागेन्द्र सहनीले जानकारी दिनुभयो ।
सहनी नै अध्यक्षतामा बसेको राजपा रुपन्देहीको बैठकले स्थानीय चुनावका बेला मर्चवारी र मायादेवी गाउँपालिकामा स्वतन्त्रको हैसियतमा उम्मेदवार उठाएर खुल्लमखुल्ला प्रचारप्रसारमा जुटेको आरोप सुक्लमाथि लागेको छ ।
सुक्लमाथि कारवाहीको सिफारिस केन्द्रमा गरेको सहनीले बताउनुभयो । बैठकमा पूर्वमन्त्री एवम् केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव, केन्द्रीय सदस्यहरु राजेन्द्र गुप्ता, प्रशान्त गुप्ता लगायतको सहभागिता रहेको थियो । तर राजपाका नेता मोहम्मद इश्लामले राजपाको जिल्ला संयोजक अजय बर्मा रहेको र उहाँको अध्यक्षतामा बैठक नबसेकाले आफूलाई कारवाहीको विषयमा कुनै जानकारी नभएको बताउनुभयो ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  ६ : २९ बजे