७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राजापानी बनद्धारा जनप्रतिनिधिलाई सम्मान



कृष्ण हरिजन, कपिलवस्तु, १६ साउन ।
राजापानी सामुदायिक बन उपभोक्ता समुहले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको छ । वाणगंगानगरपालिका वडा ३ राजापानीमा भएको कार्यक्रममा नगरबाट निर्वाचित मेयर, उपमेयर तथा वडा नम्बर ३, ४, १० र ११ वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान गरिएको हो ।
बनका उपभोक्ता रहेका वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान गरिएको सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै वाणगंगाका मेयर मंगल प्रसाद थारुले राजापानी सामुदायिक बनलाई पर्यटकिय हिसाबमा नगरकै उत्कृष्ट बनाउन तर्फ लाग्ने उद्घोष गर्नुभयो । पर्यटकिय हिसाबले नगरकै उत्कृष्ट रहेको राजापानी बनमा व्यवस्थित पिकनिक स्पोर्ट र बाल उद्यान बनाउन सके बनबाट आर्थिक लाभ लिन सकिने बताउनुभयो ।
उपमेयर चक्रपाणी अर्यालले राजापानी बनको बिकासमा आफु लाग्ने बताउनुभयो । जिल्लाकै नमुना बनको रुपमा रहेको यस बन विगतको भन्दा अहिले राम्रो भएको जिकिर गर्नुभयो ।
सम्मान कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष सन्तराम रौतार, वडा नम्बर ४ का अध्यक्ष गशेण क्षेत्री, वडा नम्बर १० का अध्यक्ष रामवियारी थारु र वडा नम्बर ११ का अध्यक्ष सोमनाथ अर्यालले बोल्नुभएको थियो ।
राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बनका उपाध्यक्ष शंकर थारुले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बनको कार्यसमिति, लेखा समिति र सल्लाहकार समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १० : ३६ बजे