७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल टेलिकमले ल्यायो नयाँ अफर, विभिन्न सेवामा विशेष छुट



काठमाडौं, १६ साउन ।
नेपाल टेलिकमले सोमबारदेखि आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएमरसिडिएमए तथा एडिएसएलरएफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।
अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आउँदो ९० दिनसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यो अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत उपलब्ध हुनेछ । अब एक एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक एक हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिला मासिक एक हजार १७ रुपैयाँमा २५६ केबिपिएस गतिको एडिएसएल उपलब्ध थियो ।
त्यसैगरी भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । पहिला २१ जिबी डाटाका लागि एक हजार ९८० रुपैयाँ शुल्क लिइएकामा अब १५ जिबी डाटा ३०० रुपैयाँमै उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै २५ जिबी डाटाको ५०० र ४० जिबीको डाटाको मूल्य ७०० रुपैयाँ मात्र तोकिएको छ । यी डाटाको गति एक एमबिपिएससम्म हुनेछ ।
दर्ता शुल्क पनि घटाएको टेलिकमले पहिले दर्ता शुल्क करबाहेक ५०० भएकामा अब भोल्युम बेस्ड डाटाका लागि करबाहेक ३०० र अनलिमिटेड डाटाका लागि २०० रुपैयाँ मात्र दर्ता शुल्क तोकिएको टेलिकमले जनाएको छ ।
यस्तै अब पहिलेकै मूल्यमा पहिलेभन्दा डबल भोल्युमको एफटिटिएच सेवा प्राप्त गर्न सकिने छ । त्यसअनुरुप १० एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत तीन महिनाका लागि २४० जिबी, ६ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि एक हजार २०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि एक हजार २०० जिबी डाटा प्रयोग गर्न सकिने छ ।
साथै विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जिएसएमरसिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक हप्तामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्क्भित्र सात मिनेट भ्वाइस कल गर्न र सातवटा एसएमएस निःशुल्क पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १० : ४७ बजे