१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सुन्दर रहन नायिका श्वेता खड्काका ११ टिप्स 


५ श्रावण २०७४ बिहिबार ००:००  

0
Shares

नायिका श्वेता खड्का सुन्दर नायिकामध्ये पर्छिन् । कहाँ भेटिएला, कोहिनूरलगायतका चलचित्रमा अभिनय गरेकी उनी नयाँ प्रोजेक्टमा व्यस्त छिन् । श्वेता सुन्दरताका विषयमा सधैँ चनाखो हुने बताउँछिन् । ‘मान्छे दुई किसिमले सुन्दर देखिन्छ’, उनले भनिन्, ‘एउटा भित्री मनदेखि सुन्दर बन्नुपर्छ भने अर्को बाहिरी रूपमा ।’ भित्री मनदेखि खुसी नहुने मान्छेको बाहिरी सुन्दरताले केही नहुने उनी बताउँछिन् । नयाँ पत्रिकाका रामजी ज्ञवालीसँग नायिका खड्काले सधैँ सुन्दर रहन ११ टिप्स प्रस्तुत गरेकी छिन् :

दिलभित्रैदेखि खुसी हुनुस्
मेकअप गरेर मात्रै सुन्दर बन्न सकिँदैन । मानिस बाहिरी आवरणसँगै मनैदेखि खुसी पनि हुन जरुरी छ । जोकसैले पनि सुन्दर बन्न आफ्नो मनले मागेको कुरा पूरा गर्नुपर्छ ।

२ देखि ३ लिटर पानी खानुहोस्
सुन्दर रहने अर्को उपाय हो, प्रशस्त पानी सेवन । दैनिक कम्तीमा २ देखि ३ लिटर पानी पिउनुपर्छ । किनभने पानीको कमीले छाला रुखो हुन सक्छ । संसारमा धेरै रोग पानीका कारणले हुने गरेको सुन्न सकिन्छ । प्रशस्त पानी खाने नाममा फोहोर पानी सेवन गर्नु हुँदैन । सधैँ सफा पानी प्रयोग गर्न जरुरी छ ।

नियमित फलफूल खाने गरौँ
हामीले सेवन गर्ने खानेकुरामा ताजा फलफूललाई पनि सेवन गरिराख्नुपर्छ । विभिन्न प्रकारका फलफूल बजारमा पाइन्छ, ती फलफूलको प्रयोग गर्न सक्छौँ । त्यस्तै, नरिवल पानी, ग्रिन सलाद पनि सामेल गर्नुपर्छ । यसले पानीका साथै छालाका लागि भिटामिन पनि मिल्छ ।

साबुनको साटो माइल्ड क्लिन्जरको प्रयोग
अनुहार सफा राख्न धेरैले साबुन प्रयोग गर्छन् । सकेसम्म एकै खालको साबुन प्रयोग गर्दा अलिकति ठीक हुन सक्छ । तर, सामान्य साबुनको साटो माइल्ड क्लिन्जर प्रयोग गर्नुपर्छ । यसले छालालाई बचाउँछ ।

राति सुत्नुअघि मोस्चराइजर लगाउनुस्
दिनभरि डुलेर घर फर्किएपछि अनुहार धुन जरुरी छ । अनुहार धोइसकेपछि र राति सुत्नुअघि अनुहारमा मोस्चराइजर लगाउनुस् । यसो भयो भने आफ्नो अनुहारको छाला बिग्रन पाउँदैन । सुत्नुअघि नाइट रिपेयर क्रिम लगाउन नभुलौँ ।

घाममा निस्कनुअघि सनस्क्रिनको प्रयोग
दिनभरि हामी खुला आकाशमा डुल्दा घामले अनुहार पोल्छ । त्यसले गर्दा बजारमा पाइने राम्रो ब्रान्डको सनस्क्रिन प्रयोग गर्नुपर्छ । सनस्क्रिनले दिनभरि अनुहारको सुरक्षा गर्न सक्छ ।

छालाअनुसार सौन्दर्य प्रसाधन छनोट गरौँ
हामी जस्तो पायो त्यस्तै सौन्दर्य प्रसाधन लगाउँछौँ । तर, त्यसो गर्नु ठीक हैन । आफ्नो छालाको प्रकृतिअनुसार सौन्दर्य प्रसाधन छनोट गर्नुपर्छ । मेकअप उतार्नका लागि मेकअप रिमुभर नै प्रयोग गरौँ ।

व्यायाम गर्न नभुलौँ
हामीमा नियमित व्यायाम गर्ने बानी छैन । नियमित रूपले व्यायाम गरौँ । यसले रक्तसञ्चार राम्ररी हुन्छ र छालामा निखार ल्याउँछ ।

जंकफुड सेवन नगरौँ
हामी साहै्र अल्छी छौँ । छिटो पाइने खानेकुरा सेवन गरिरहन्छौँ । घरमा रोटी, सागसब्जी बनाएर खान मन पराउँदैनौँ । होटेलमा पसेर पैसा खर्च गर्न तयार हुन्छौँ । जंकफुडले हेल्थ ठीक गर्दैन । जंकफुडले छाला बिगार्ने काम गर्छ ।

खानामा ख्याल गरौँ
हामी बिहान–साँझ खानामा हेलचेक्र्याइँ गर्छौं । त्यसो गर्नुहुन्न । खाना खाँदा कहिले भात, कहिले रोटी प्रयोग गर्नुपर्छ । भात अथवा रोटीसँग सकेसम्म थोरै भए पनि मासु प्रयोग गर्न सक्यौँ भने यसले आफूलाई थप स्वस्थ र सुन्दर बनाउन सक्छ ।नयाँ पत्रिकाबाट

पहिरनमा ख्याल गरौँ
माथिका सबै गरिसकेपछि ठाउँअनुसार आफ्नो व्यक्तित्व झल्काउने गरी पहिरनको छनोट गरौँ । आफ्नो लागि कस्तो पहिरन राम्रो हुन्छ, त्यस्तो प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७४ बिहिबार ००:००  २ : ४८ बजे