१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

छोरी पाएको भन्दै कुटपिट गर्ने घटनाको चौतर्फी विरोध



पार्वती पाण्डे, कपिलवस्तु १७ साउन ।
छोरा नपाएकै निहुमा निर्घात् कुटपिट गरिएकि कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २० वर्षिय सबिना खाँतुनलाई घर परिवारले गरेको कुटपिट र यात्ना प्रति चौतर्फी विरोध भएको छ । घट्नाको अधिकारकर्मीहरुले चौतर्फी विरोधी गरेका हुन ।
सविनाले छोरो नपाएकै कारण श्रीमान दिलसार खाँ र परिवारले कुटपिट गरेको प्रति अधिकारकर्मीहरुले विरोध गर्दै घट्नाको बारेमा सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कारवाहि र पिडितलाई क्षतिपुर्ति सहित संरक्षण दिन सरकार सँग माग गरिएको छन् ।
यसरी माग गर्नेमा मानवअधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, जिल्ला अध्यक्ष रोमाकान्त घिमिरे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल, महिला अधिकार मञ्चका केन्द्रीय सचिव चेतना अधिकारी, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल, संचारीका समुहका अध्यक्ष पार्वती पाण्डे, नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई रहनु भएको छ ।
यस प्रकारका घट्ना पुनः नदोहोर्याउन सबै सचेत हुनु पर्ने जनाईएको छ । महिला माथि हुने अत्याचार, शोषण, दमनलाई जनताद्धारा चुनिएका जनप्रतिनिधिले पनि विशेष ध्यान पुर्याई पिडकलाई कडा कारवाहि र पिडितलाई न्यायदिनु पर्ने संयुक्त विज्ञप्तीमा जनाईएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : ०९ बजे