काठमाण्डौ ।
बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका तीन जना श्रमिकमध्ये दुई जनाको ज्यान गएको छ ।
एक जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । आज बिहान झण्डै साढे ७ बजे काप्रा–बोहरागाउँ–छापाखानी–प्यूठान सडकखण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरु पुरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्रप्रसाईंका अनुसार दुर्घटनामा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापाको ज्यान गएको छ ।
पुरिएका रोल्पाका कृष्ण घर्तीमगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले बताउनुभयो ।
जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरु पुरिएका प्रहरीले जनाएको छ ।










प्रतिक्रिया