१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

छोराको कुटाईबाट बुवाको मृत्यु



रुपन्देही, १७ साउन ।
रुपन्देहीमा एक व्यक्तिले बुवाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ कोटिहवाको ६० वर्षका सन्तु चाईको ३५ वर्षका छोरा लाल चाईले कुटपिट गर्दा ज्यान गएको हो ।
सोमबार राति लालले रक्सीले मातेर बुवा सन्तुलाई कुटपिट गरेर घाइते बनाएका थिए । सन्तुलाई मंगलबार बिहान बिहान उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको होे । छोरा लाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  १ : ०४ बजे