१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्ध जन्मस्थलको सडक चारलेन बन्दै



 

अमृता अनमोल बुटवल, १७ साउन ।

हिलाम्मे वा धुलाम्मे सडकका कारण वुद्ध जन्मस्थल लुम्बिनीमा पुग्ने पर्यटकले अब सास्ती भोग्नु पर्ने छैन । नत सा“घुरो सडकका कारण समस्या नै व्यहोर्नु पर्ने छ ।

कारण लुम्बिनी वरपरको सडक फराकिलो बनाउन थालिएको छ । वृहत लुम्बिनी चक्रपथ आयोजना अन्तरगत डिभिजन सडक कार्यालय बुटवलले सडक निर्माण थालेको हो ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनीका अनुसार बीचमा डिभाइडर हुने छ । डिभाइडरका दायाबाया २, २ लेन सडक हुनेछ ।

सडकको चौडाई ६५ फिट चौडाई हुनेछ । सुरुमा पर्साचोकबाट पुर्वी गेटहुदै पडरीया चोकसम्म सडक बिस्तार गरिने छ । यो सडकको क्षेत्रफल साढे ५ किलोमिटर छ ।

त्यसका लागि ४० करोड विनीयोजन भएको छ । बहुवर्षिय क्रमागत आयोजना अन्तरगतको सडक अघिल्लो असारमा ठेक्का भएको थियो । अर्घाखाची बाबुल जेवीले साढे २ वर्षभित्रमा सक्ने गरी ठेक्का लिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मरासीनीले बताउनुभयो ।

लुम्बिनी क्षेत्र वररपर १२ दशमलब ८ किलोमिटर सडक छ । आगामी वर्षदेखि क्रमश सबै सडक ४ लेन बनाउन काम थालिने छ । वृहत लुम्बिनी चक्रपथ आयोजनाले लुम्बिनी क्षेत्रको मात्रै होइन लुम्बिनी अञ्चलकै ६ जिल्ला जोडिने सडक ४ लेनको बनाउन काम थाल्नेछ ।

त्यसमा लुम्बिनीबाट भैरहवा हुदै नवलपरासीको परासीमा ४ लेन सडकले जोडिने छ । परासीबाट त्रिवेणी, दुम्कीवास, गैडाकोट हुदै पाल्पाका रामपुर जोडिने छ ।

रामपुरबाट गुल्मीको रीडी तम्घास हुदै अर्घाखाचीको सन्धीखर्क जोडिने छ । सन्धीखर्कबाट कपिलवस्तुको गोरुसिंगे, तौलिहवा हुदै लुम्बिनी जोडिने छ । पूर्व अर्थमन्त्री विष्णु पौडेलको योजनामा सडकको मार्ग चित्र बनाइएको हो ।

लुम्बिनीलाई केन्द्रभागमा राखेर लुम्बिनी सहित आसपासको क्षेत्र सडक स्तरोन्नति गरी पर्यटन प्रवद्धन गर्न यो सडक आयोजनाको सुरुवात गरिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  १ : ५८ बजे