६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पाल्पाका किसान हैरान बाँदरबाट मकै जोगाउनै मुस्किल



पाल्पा साउन १७ ।
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।
किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् ।
पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो ।
वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ ।
कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक दुईजनालाई नटेर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
बाँदर बढे पनि राज्यस्तरबाट किसानको समस्या समाधानका लागि कुनै पनि पहल नभएकामा किसानको दुखेसो छ ।
वन संरक्षणले हरियाली बढ्योे तर बाँदरको समस्या भने झनै बढेकाले किसान मर्कामा परेका छन् । बाँदरले अन्नबाली नष्ट गर्नुका साथै महिला तथा बालबालिकामाथि आक्रमणसमेत गर्दछ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : ०६ बजे