१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रुपन्देहीमा लोडसेडिङ भएको भन्दै विरोध, प्रहरीसँग झडप, ८ प्रहरीसहित २० जना घाइते



रुपन्देही, साउन १७ ।

रुपन्देहीको मंगलापुरमा प्रहरी र स्थानीय विद्युत उपभोक्ताबिच झडप हुँदा ८ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् ।

पटक पटक लोडसेडिङ भएको र लो भोल्टेज हुने गरेको भन्दै तिलोत्तमा नगरपालिका गलापुरका बासिन्दाले बुटवल भैरहवा सडकमा चक्काजाम गर्न खोजेका थिए । उनीहरु मंगलापुरस्थित विद्युत प्रशाखामा तालाबन्दी गरेर सडकमा उत्रेका थिए ।

प्रहरीले अवरोध हटाउन खोज्दा झडप भएको हो । सडक जाम गरेर ढुंगामुडा गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो । प्रहरीले तीन सेल अश्रु ग्यास प्रयोग गरेको थियो । झडपका क्रममा दुई वटा गाडीमा समेत तोडफोड भएको डिएसपी मरासिनिले बताउनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : १८ बजे