१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आवासीय डाक्टरद्वारा ओपिडी सेवा बहिष्कार



काठमाडौं, १८ साउन ।
अनशनरत डा. गोविन्द केसीको मागमा सहमति जनाउँदै बुधबारदेखि आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका छन् । डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै आवासीय डाक्टरले ओपिडीमा काम नगर्ने बताएका हुन् ।
ओपिडीसहित पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा सरिक नहुने नेशनल रेजिडेन्ट डक्टर्स एसोसियसनले जनाएको छ । डा. केसीको माग पूरा गराउन दबाब दिने उद्देश्यले आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा अहिले ३ सय ५० आवासीय डाक्टर छन् । आवासीय डाक्टरले सेवा बहिष्कार गर्दा विरामीको उपचार भने प्रभावित हुने भएको छ ।
यसैबिच डाक्टर केसीको मागबारे बुधबार पनि वार्ता हुँदैछ । मंगलबारको वार्ता सफल नभएपछि बुधबार फेरि वार्ताको तयारी भएको हो । डा. गोविन्द केसी अनशनमा बस्नु भएको १० औँ दिन हो । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा. केसी अनशनमा बसेको यो ११ औँ पटक हो ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ३ : ३३ बजे