१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

दाङ उवासंघमा केसीको नेतृत्वमा टीम घोषणा



घोराही, १८ साउन ।

नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय वाणिज्य संघले दाङ उद्योग वाणिज्य संघमा जीतबहादुर केसीको नेतृत्वमा निर्वाचनमा पठाउने निर्णय गरेकोछ । वाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहनुभएको जीतबहादुर केसीलाई सर्वसम्मत अध्यक्षका रुपमा उद्योग वाणिज्य संघमा पठाउने निर्णय वाणिज्य संघले गरेको छ ।

उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष एवं अन्य विभिन्न व्यवसायीक संगठनहरुमा समेत केन्द्रीय तहसम्म रहेर काम गर्नु भएका केसी उवासंघको सवालमा पुराना र अनुभवी व्यवासयी नेता मानिनुहुन्छ ।

यसैगरी वाणिज्य संघको तर्फबाट दाङ जिल्ला उवासंघका दुर्गाप्रसाद पन्थ, अनिल आचार्य, रामप्रसाद पोख्रेल, विष्णुप्रसाद सुवेदी, एकराज खनाल, निराजन राजभण्डारी, गेहेन्द्र बस्नेत, सदबहादुर डाँगी, पिताम्वर पौडेल, बालकुमार घर्ती, केशव भट्टराई, मित्रदेव अधिकारी, शालिकराम अधिकारीलाई पठाउने निर्णय गरिएको वाणिज्य संघले जनाएको छ ।

केसी बाहेक अन्यलाई जुनसुकै पदमा पनि पठाउन सक्ने तयारी वाणिज्य संघको छ । तर संघलाई सर्वसम्मत बनाउने सवालमा कोही पनि बाधक नबन्ने, उम्मेदवारी फिर्ता लिने निर्णय पनि वाणिज्य संघले गरेको छ । अन्य संगठनहरुसँग केसीको नेतृत्वमा उवासंघ बनाउनका लागि अधिकतम लचकता अपनाउने, आवश्यक परेमा प्यानलनै निर्वाचनमा जाने निर्णय गरेको वाणिज्य संघले जनाएको छ ।

संघका हाल दुईहजारको हाराहारीमा सदस्य संख्या रहेका छन् भने वाणिज्य संघले आधाको हाराहारीमा आफूहरु समर्थित सदस्यहरु रहेको दाबी गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले साउन २८ गते साधारणसभा र ३१ गते निर्वाचन गर्ने भनि यस अगाडी नै निर्णय सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  १२ : ०४ बजे