१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाङका प्रहरी प्रमुख सिंहको विदाई सगै वधाई



शरद रेग्मी, तुलसीपुर १८ साउन ।

दाङबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहलाई दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । जिल्लामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले विदाई संगै प्रहरी वरिष्ठ उपरिक्षकमा वढुवा हुनु भएकोमा वधाई ज्ञापन गरिएको छ ।

बुधबार तुलसीपुरमा एक कार्यक्रमका विच दर्जन वढी संघ संस्थाहरुले एसपी सिंहलाई जिल्लामा कुशल कार्य सम्पदान सगै शान्ति सुरक्षामा महात्वपूर्ण सफलता प्रदान गरेको भन्दै विदाई गरिएको हो ।

तुलसीपुर उद्योग वाणिज्य वाणिज्य संघ, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, तुलसीपुर नगरविकास समिति, रिर्पोटर्स क्लव दाङ, महिला मानव अधिकार रक्षक संजाल दाङ, मानव अधिकार तथा शान्ति समाज दाङ, सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुर, रेडियो सन्जिवनी लगायतका सस्थाहरुले एसपी सिंहलाई संयुक्त रुपमा विदाई एवं वधाई ज्ञापन गरेका हुन ।

सो अवसरमा वोल्दै दाङ जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले समाजमा नागरिक प्रहरी वलियो भयो भने मात्रै लोकतन्त्र वलियो हुने वताउनु भएको छ । उहांले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने उद्योगी व्यापारी व्यवसायी, पत्रकार, अधिकारकर्मी एवं आम नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सिंहको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) मा सरुवा भएको छ । दाङ जिल्लाको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक दुर्गा सिंह चन्द आउनुहुने भएको छ । प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशन शाखाबाट सरुवा भएर सिंह दाङ आउन लाग्नुभएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ३ : ३९ बजे