१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

छुट्टाछुट्टै घटनामा चारको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु, १९ साउन ।
कपिलवस्तुमा विहिबार भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका ४ त्रिपालनगरमा बाढिले बगाउदा २ जनाको मृत्यु भएको छ । विसहवा खोलाले बगाउदा स्थानीय ४५ वर्षीय कुस्ते सुनार र रोल्पा घर भएका ५० वर्षीय मित्रे सुनारको मृत्यु भएको हो । आफन्तको पुन्यतिथीमा भेटन जाने क्रममा नदी तर्दा उनीहरुलाई बगाएको इलाका प्रहरी कार्यालय गणेशपुरका निरिक्षक खिमबहादुर घर्तीले जानकारी दिनुभएको छ । दुबैको शव घटनास्थल देखि ५ सय मिटर दक्षिणमा फेला परेको र पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
वाणगंगा नगरपालिका ११ भड्ढिहवामा नहरमा डुवेर वेपत्ता भएका युवकको बिहिबार विहान शव फेला परेको छ । बुधबार राती स्थानीय विटु थारुका १७ वर्षिय छोरा सागर थारु नहरमा डुबेका थिए । प्रहरी टोली परिचालन गरि खोजतलाश पछि लाश भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले बताउनुभयो । थारुलाई बुधबार भैसी हेर्न जंगल गएको बेला नहर तर्ने बेला बगाएको थियो ।
यसै गरि पूर्व–पश्चिम राजमार्गको बुद्धभूमी नगरपालिका २ स्थित बलहुन्द्रा पुल नजिक सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । काठमाण्डौबाट धनगढी जादै गरेको ना ५ ख ३३७१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा रा ४ प ४४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा रोल्पाका हुम बहादुर पुनको मृत्यु भएको छ । बस अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिएको इप्रका गोरुसिंगेका निरिक्षक मीन बहादुर घर्तीले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार उनकी श्रीमती तथा बच्च सामान्य घाइते भएकी छिन् । घाइते दुबैको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको र शवको पोष्टमार्टमका लागि तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  ३ : २४ बजे