१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

संग्रहालय ओझेलमा, पौराणिक महत्वको स्थल नै गुम्ने खतरा !



मायादेवी अनलाइन, कपिलवस्तु २० साउन ।
प्रचार प्रसारको अभाव र सुन्दरीकरण नगरीदा कपिलवस्तु संग्रहालय ओझलमा पर्दै आएको छ । ५ दशक अघि स्थापना भएको संग्रहालयबारे स्वदेश तथा बिदेशबाट आउने पर्यटकलाई जानकारी नहुँदा संग्रहालय आझेलमा पर्दै आएको हो ।
त्यसको पुष्टि तिलौराकोट र संग्रहालयमा आउने पर्यटकबाट हुन्छ । प्राचिन कपिलवस्तु स्थित बुद्धको क्रिडा स्थलका रुपमा मानिएको तिलौराकोटमा बर्षेनी ३५ हजार बढी पर्यटकले भ्रमण गर्ने गर्छन । तर छेउमै रहेको कपिलवस्तु संग्रहालयमा भने त्यसको १५ प्रतिशतको हाराहाीमा मात्र जाने गरेका छन ।
गत आर्थिक बर्ष संग्रहालयमा २०७३÷०७४ मा आन्तरिक र बाह्य गरी कुल ४ हजार ९ सय ४९ पर्यटकले भ्रमण गरेका छन । जसमध्ये स्वदेशी ४ हजार ३ सय ३७ र सार्क देशका २ सय ६६ र तेस्रो मुलुकका ३ सय ४६ रहेको संग्राहलयले जनाएको छ । आर्थिक बर्ष ०७२÷७३ मा २ हजार ९ सय ९४ जना मात्र संग्रहालयमा आएका थिए । जसमध्ये सार्क मुलुकबाट ७७ र तेस्रो मुलुकबाट १ सय १६ जना आएका थिए ।
तिलौराकोटमा आएका पर्यटक मध्ये न्युन मात्र संग्रहालयमा आउने गरेको संग्रहालयका कर्मचारी राम अयोध्या महोतले बताउनुभयो । अधिकांस बिदेशी पर्यटकहरु भारत हुदै रुपन्देहीको बेलैया नाकाबाट लुम्बिनी हुदै सिधा तिलौराकोट आउने गरेकोले त्यसको प्रत्यक्ष असर संग्रहालयलाई परेको उहाले बताउनुभयो ।
संग्रहायलको पुरानो भवन जीर्ण भए पछि अहिले नया भवन निर्माण कार्य जारी छ । नया भवन निर्माण आउने ६ महिना भित्र पुरा हुने जनाईएको छ । भगवान गौतम बुद्धर उनका पिता राजा सुद्धोदनसंग संबन्धित राखिएका प्राचीन बस्तुहरु राख्ने र्याक (शो केस ) पुराना भएर धमिराले खाएका छन् । कीरा र धमिराले खाएर शोकेस नाजुक अवस्थामा छन् ।
संग्रहालयमा आउने पर्यटकका लागि परिचय पत्र समेत बनाईएको छैन । जापानीज प्रोफोसर नाकामुराले तिलौराकोटमा सन १९६७ देखि ७७ सम्म उत्खनन गरी पाईएका बस्तुहरु राखिएका काठको बाकस समेत धमिराले खाएका छन् ।
७ बिघा क्षेत्रफल रहेको संग्रहालयमा ईसा पुर्व आठौ, छठो शताब्दीको मौर्यकालीन तेस्रो सताब्दीको सुङघकालीन, कुसाङकालीन सयमका माटा भाडा, चादीका सिक्का लगायतका बिभिन्न महत्वपुणर््ा सामागैी छन । उता भवन र सुरक्षाको अभावले बिगत १३ बर्ष देखि पुराना चादीका सिक्का, असर्फी सुन बालाहरु सहीतको सामानहरु जिल्ला प्रहरी कार्यालयमा राखिएका छन ।

 

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ३ : ३२ बजे