७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गुल्मिका खोलाहरुमा पानीको सतह बढ्दै



शिवलाल सुवेदी, गुल्मी २० साउन ।
दुई दिनदेखि लगातार परेको बर्षाका कारण गुल्मि जिल्लाका खोलाहरुमा पानीको सतह बढेको छ । खोलाहरुमा पानीको सतह बढेपछि स्थानीयसावीहरु त्रसित भएका छन । जिल्लाभरि नै पानी परिरहेकाले जिल्लाका साना ठुला सवै खोलाहरुमा पानीको सतह बढ्दै गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी नदी, लगायत बढीगाढ, छल्दी, पनाह, खज्याङ्ग, निस्ती लगायतका खोलाहरुमा पानीको सतह बढ्दै गएको हो । नदी तथा खोलामा पानीको सतह बढीरहेकाले खोलाको छेउछाउमा बसोवास गरेका स्थानीयलाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानमा बसोवास गर्नका लागि अनुरोध गरेको छ ।
प्रशासनले शुक्रवार विहानैदेखि प्रहरी मार्फत खोलामा पानीको सतह बढीरहेकाले छेउछाउमा बसोवास गर्नेहरुलाई सुरक्षित स्थानमा बसोवास गर्नका लागि आग्रह गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानाले जानकारी दिए । २ दिनदेखि जिल्लाभरि नै पानी परिरहेको छ प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले भने‘ बर्षासगै खोला नदीमा पानीको सतह बढ्ने र पहिरो जान सक्ने क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौ ।’

 

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : १० बजे