१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देही गोली आफुले चलाउन लगाएको मनोज पुनको दावी



भुवन पाण्डे, भैरहवा २० साउन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले चलाएको गोली जिम्मा तिवारी हत्याकाण्डामा प्रहरीको मस्ट वान्टेड सुचीमा रहेको मनोज पुनले जिम्मा लिएका छन् । उनले अननोन नम्बरबाट स्थानिय पत्रकारलाई टेलिफोन गरेर घटना आफुले गराएको दावी गर्दै जिम्मा लिएका हुन् ।

मलेसियामा रहेको बताउने उनले आफुले व्यवसायी दुर्गालाल भण्डारीसगँ ४० लाख रुपैयाँ माग गर्दा नदिएको कारण गोली चलाउन लगाएको बताए । मणिग्राम चोकमा रहेको श्रीस मार्वलका संचालक दुर्गालाल भण्डारी लक्षित गरी गोली प्रहार भएको थियो ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाको समूहले भण्डारीलाई लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको तर भण्डारी सुरक्षित रहेको छन् । गोली प्रहार गर्ने को हुन र किन गरेका हुन् भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । गोली प्रहार गर्नेहरुको खोजीकार्य जारी रहेको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : २५ बजे