७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाडौं, २१ साउन ।
पूर्व र पश्चिमका केही ठाउँमा शनिबार बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्व र पश्चिमको केही ठाउँमा ठूलो पानी पर्नेछ । यसले गर्दा ति क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
गएको २४ घण्टामा विरेन्द्रनगरमा सबैभन्दा धेरै १ सय ६२ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । त्यसपछि भैरहवानमा १ सय ११ सिमरामा १०९ दशमलव ७ र धनगढीमा १ सय दशमलव ७ मिलिमिटर पानी परेको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ३ : ५७ बजे