अर्घाखाँची, २१ साउन ।
दुई यातायात व्यवसायीको विवादका कारण बिहानैदेखि सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध बनेको छ ।
लंका यातायात व्यवसायी र देउराली यातायात व्यवसायीबीच बुटवलका लागि गाडी छुटाउने विषयमा विवाद भएको हो । देउराली समितिले आफ्ना गाडीमा यात्रु राखेर चल्न नदिएको भन्दै लंका यातायातले शान्ति बगैँचामा गाडी तेस्र्याएर सडक अवरुद्ध पारेको हो । सडक बन्द भएपछि सन्धिखर्कबाट बुटवल तथा काठमाडौँ जाने सवारीसाधन चल्न सकेका छैनन् ।
तम्घास–सन्धिखर्क सडक अवरुद्ध
पहिराका कारण तम्घास–सन्धिखर्क सडक अवरुद्ध भएको छ । तम्घास–सन्धिखर्क सडकखण्डअन्तर्गत छत्रदेव गाउँपालिका–७ भगवतीको ढाडाखर्क भनिन स्थानमा झरेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो ।
पहिराले सडक अवरुद्ध भएपछि मोटरसाइकल तथा जिप गुडेका छैनन् भने यात्रु पनि अलपत्र परेका छन् । पहिरो हटाउने प्रयास भइरहेको छ । लगातारको वर्षाले जिल्लाका अधिकांश सडक भत्केका छन् । रासस
२१ श्रावण २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया