१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमाले उम्मेद्वार देवी ज्ञवालीलाई ५१२ मतको अग्रता



चितवन, २१ साउन ।
भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेकी छन् ।
सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ । त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४४ हजार ९१५, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार २१६ र राप्रपाकी रिना गुरुङले छ हजार ९८९ मत प्राप्त गरेकी छन् ।
सो वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । सो वडामा हालसम्म दाहालले ज्ञवालीभन्दा २७२ मत बढी प्राप्त गरेकी छन् । हालसम्मको परिणाममा भने प्रमुख पदमा ज्ञवाली ५१२ मतले अगाडि छन् ।
शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो । सो वडामा तीन हजार ७९७ मतदाता छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ४ : १६ बजे