१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भरतपुर महानगरः वडा नम्बर १९ को मत गनिसक्दा रेणुभन्दा देवी २२१ मतले अघि



चितवन, साउन २१  ।

भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को मतगणना सकिँदा एमालेका देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १९ को मतगणना सकिँदा रेणु भन्दा देवी २२१ मतले अघि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम

  • देवी ज्ञवाली–४१९४६
  • रेणु दाहाल–४१७२५

वडा नम्बर १९ को वडा अध्यक्षसहित कांग्रेसको प्यानल नै विजयी भएको छ । अब वडा नम्बर २० को ३३ सय १८ मत गन्न बाँकी छ ।

पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।

 

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ८ : ०७ बजे