७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भरतपुरको पछिल्लो परिणाम रेणु ४ मतले पछि



चितवन, साउन २१ – भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ४ मतले अघि हुनुहुन्छ ।

अहिले २० नम्बर वडाको १६ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

पछिल्लो मत परिणाम

देवी ज्ञवाली – ४२४१८

रेणु दाहाल – ४२४१४

 

– वडा नम्बर १९ को मतगणना सकिँदा एमालेका देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नु भएको थियो । वडा नम्बर १९ को मतगणना सकिँदा रेणुभन्दा देवी २ सय २१ मतले अघि हुनुहुन्थ्यो ।

– २९ वडा रहेको भरतपुरमा १९ र २० बाहेक २७ वटा वडाको परिणामअनुसार एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याउनुभएको थियो भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १ सय ९४ मत थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  १२ : १२ बजे