७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी



साउन २२ – चीनले सीमा विवाद रहेको क्षेत्र डोकलामबाट भारतीय सेनालाई हटाउनका लागि सैन्य अभियानको तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छ । रतीय सेनालाई डोकलामबाट हटाउनका लागि आउँदो दुई हप्ताभित्र सानो सैन्य अभियानको तयारी गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ । ग्लोबल टाइम्समा छापिएको लेखमा चीनले डोकलाममा रहेको गतिरोध लामो समयसम्म लम्ब्याउन नचाहेको र त्यसका लागि सानो आकारको सैन्य अभियानको तयारी गरेको उल्लेख गरिएको छ ।

यसअघि डोकलामबाट भारती सेना पछि हटेको चीनले दाबी गरेको थियो । केही दिनअघि चीनको विदेश मन्त्रालयले जारी गरेको १५ पृष्ट लामो दस्तावेजमा डोकलाम सीमामा पहिले चार सयको हाराहारीमा भारतीय सैनिक रहेकोमा अहिले घटेर ४० पुगेको उल्लेख गरिएको थियो ।

डोकलाममा भारतले सैनिय गतिविधि बढाएपछि चीनले त्यसको विरोध गर्दै आएको छ । दुवै देशले सीमा विवाद रहेको क्षेत्रमा सैनिकको संख्या बढाएपछि तनाव बढेको हो । डोकलाममा भारत र चीनबिच मात्रै होइन भुटानसँग पनि सीमा विवाद छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ५ : ३८ बजे