१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कमल थापा संग पशुपति शम्शेर राणाको औपचारिक डिर्भोस !



काठमाडौं, २२ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । नेता पशुपतिशम्शेर राणाले निर्वाचन आयोगमा नयाँ दलका लागि निवेदन दिनुभएको छ । पार्टि एकीकरणको एक वर्ष पनि नपुग्दै राप्रपामा फुट देखिएको हो ।
राणा पक्षले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो । राणाको पक्षमा तीनै जना निर्वा्चित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे हुनुहुन्छ । राणा पक्षले आफूहरुको पक्षमा २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेको दावी गरेको छ । यो दावी अनुसार कमल थापा पक्षसँग १५ जना मात्र सांसद हुने छन् । थापाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै राणासहितका नेताहरु असन्तुष्ट हुनुहुन्थ्यो ।
यस्तै संविधान संशोधन र सरकारमा जाने विषयमा पनि राप्रपामा विवाद थियो । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबिच एकीकरण गरेर राप्रपा बनेको थियो । एकीकरणपछि भएको महाधिवेशनबाट थापा अध्यक्षमा निर्वा्चित हुनु भएको थियो ।
अध्यक्षमा थापासित पराजीत प्रकाशचन्द्र लोहनीले यसअघि नै राप्रपा परित्याग गरेर नयाँ दल खोलिसक्नु भएको छ । तत्कालीन पञ्चायती शासन व्यवस्थामा हालिमुहाली गरेका पूर्व पञ्चहरुको पार्टी राप्रपामा २०४७ सालदेखि नै फुट र जुट हुँदै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  १ : ०४ बजे