६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

शिविरमा पाँच सयभन्दा बढीले सेवा लिए



रामपुर (पाल्पा), २२ साउन ।
पाल्पाको रामपुर नगरपालिकामा चलेका तीनदिने कर तथा व्यवसाय दर्ता शिविरमा ५ सय ४३ उद्योगी व्यवसायीले सेवा लिएका छन् । शनिबार सम्पन्न शिविरमा कर संकलन, व्यवसाय नवीकरण तथा दर्तामार्फत १९ लाख दुई हजार ५६० रकम संकलन भएको छ ।
जिल्लाको पूर्वी भेगका उद्योगी व्यवसायीको सहजताका लागि रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको शिविरमार्फत ४८४ जनाले उद्योग तथा व्यवसाय सञ्चालनबापतको राजश्व १४ लाख ३० हजार ९४० बुझाएको संघका अध्यक्ष भोजेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । त्यस्तै शिविरमा घरेलुमा दर्ता भएका १३५ जना व्यवसायीले उद्योग विकास शाखा तानसेनमार्फत सेवा लिएका छन् ।
उद्योग विकास शाखाले एक लाख ९४ हजार १०० संकलन गरेको छ । शिविरमा उद्योगतर्फ ३५ वटा र वाणिज्यतर्फ २४ गरी ५९ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । रामपुर नगरपालिका, करदाता सेवा कार्यालय पाल्पा र उद्योग विकास शाखा तानसेनको सहयोगमा भएको शिविरमा करदाता सेवा कार्यालय तानसेनको सहयोगमा शिविर चलेको हो ।
यसैगरि एम्बुलेन्स सञ्चालनका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत सात लाख रकम संकलन भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी घर भएका हाल वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका ईश्वर काफ्लेले गाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि फेसबुकमार्फत सो रकम संकलन गर्नुभएको हो ।
गाउँघरमा बिरामी परेका बेला स्वास्थ्य चौकीसम्म उपचारका लागि पुग्न भनेको समयमा गाडी नपाउँदा यहाँका स्थानीयवासीले सास्ती खेप्नु परेको छ । रासस

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : ३५ बजे