११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

जिसस रोल्पा माओवादी केन्द्रको कब्जामा रहने निश्चित



मायादेवी अनलाइन, रोल्पा, २२ साउन ।
जिल्ला समन्वय समिति रोल्पामा माओवादी केन्द्रको मात्रै उम्मेदवारी परेको छ । माओवादी केन्द्रको मात्रै उम्मेद्वारी परेका कारण रोल्पामा निर्विरोध हुने स्थिति देखापरेको छ । यो संगै अब जिसस रोल्पा माओबादी केन्द्रको कब्जामा रहने देखिन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ ।

एउटा दलको मात्रै उम्मेदवारी परेको भए पनि निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरी साउन २७ गते औपचारिक रुपमा निर्वा्चित भएको घोषणा गरिने ओलीले बताउनुभयो ।

 

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ३ : १२ बजे