१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

के हो स्वाइन फ्लु ? (लक्षण र बच्ने उपाय सहित)



मायादेवी अनलाइन, काठमाडौं ।
के हो स्वाइन फ्लु ?
अहिलेको मौसम नै मानिसहरुलाई रुघाखोकी लाग्ने र सामान्य बिरामी हुने खालको छ । मौसम परिवर्तनको यो समयमा अधिकांस मानिसहरुमा सिजनल फ्लु अर्थात मौसमी रुघाखोकी लाग्ने गर्दछ । स्वाइन फ्लु पनि त्यस्तै रुघाखोकीको एक प्रकार मात्र हो । यो मौसममा अन्य रुघाखोकीका बिरामी हरेक दिन भेटिएकोजस्तै स्वाइन फ्लुका नयाँ बिरामी पनि हरेक दिन भेटिन सक्छन् । त्यसकारण स्वाइन फ्लु भयो भनेर आत्तिहाल्नु भने पर्दैन । तर, यस्को मतलब रोग नै लागेको छैन भनेर हेलचक्राई पनि गर्नुहुँदैन ।
सामान्य रुघाखोकी लाग्दा त मानिसहरु दुई तीन दिन ज्वरो आएर बिरामी पर्न सक्छन् । यस्मा पनि त्यस्तै हुन्छ । स्वाइन फ्लुमा सामान्य रुघाखोकी, घाँटी दुख्ने र उच्च ज्वरो आउँने हुन्छ । त्यसकारण यो रोगबाट जोगिन मानिसहरुले आफुलाई सफासुग्घर राख्ने, कोही रुघाखोकीका बिरामी छन् भने उनीहरुबाट टाढा रहने गर्नुपर्छ । स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भिडभाडमा जानु हुँदैन ।
सबैभन्दा महत्वपूर्ण कुरा होली पर्व आउँदै छ । स्वाइन फ्लु सहजै एकबाट अर्कोमा सर्ने भएकाले यो पर्वमा साथीभाई तथा आफन्त माझ मात्र होली खेल्नु होला । झन् कोही बिरामी छ भने मास्क लगाएर खेल्दा उचित हुने छ । यदि तपाई अपरिचित समुहमा गएर होली खेल्दै हुनुहुन्छ भने रोग सर्न सक्दछ । किनकी यो मौसम नै रुघाखोकी लाग्ने खालको छ र अहिले स्वाइन फ्लुका बिरामी पनि देखिरहेका छन् । त्यसकारण तपाईहरुलाई होली खेल्ने क्रममा स्वाइन फ्लु सर्ने सम्भावना अत्याधिक हुन्छ । होली खेल्दा मानिसहरु एकआपसमा नजिकै पुग्ने, गालामा रंगहरु दल्ने क्रममा रोग सर्न सक्ने भएकाले मास्क लगाएर होली खेल्नु नै बुद्धिमानी हुने छ । अझ राम्रो त अपरिचित समुहमा गएर होली नखेलेकै राम्रो हुन्छ ।
साधारण रुघाखोकिको जस्तै यसमा पनि आराम र अरुलाई सार्न नदिन मास्क लगाउन, भिडभाडमा नजान र घरमै आराम गरी प्रयाप्त मात्रामा गेडागुडीको तथा झोलीले खानेकुराहरु खाने गर्नु राम्रो हुन्छ । अरुलाई नसरोस् भनेरे पनि सर्तकता अपनाउनु पर्ने हुन्छ । सामान्य रुघाखोकीमा जस्तै यो रोगमा पनि ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, झाडापखाला हुने, नाकबाट पानी बग्ने लक्षण हुन्छ । श्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा मात्रै तुरुन्त अस्पताल जानुपर्ने हुन्छ । होइन भने एक हप्ताको आरामले नै स्वाइनफ्लु निको हुन्छ ।
तर, अत्याधिक ज्वरो आउने, मुखबाट रगत नै आउँने तथा स्वासप्रस्वासमा समेत जटिल समस्या आउँने समस्या छ भने तुरुन्तै स्वास्थ्य संस्था पुगिहाल्नुपर्छ । यो रोगले विशेष गरी बच्चा, बूढाबूढी, गर्भवती तथा अन्य कुनै रोग लागेकाहरुलाई बढी साताउने गर्दछ । युवाको रोगप्रतिरोध शक्ति बढी हुने भएकाले यो रोगले युवालाई खासै असर गर्दैन । तर, दमका रोगी तथा छाती र श्वासप्रश्वाससम्बन्धी रोग लागेका एवं मधुमेह, मुटु र मिर्गाैलासम्बन्धी रोग लागेकालाई यो रोगले छिट्टै समात्ने गर्दछ । यस्ता रोग प्रतिरोधात्मक क्षमता कम भएका समुहलाई यो रोग लागेको छ भने चिकित्सक कहाँ पुगिहाल्नु राम्रो हुन्छ ।
लक्षण
उच्च ज्वरो आउने
खोकी लाग्ने
घाँटी दुख्ने
वाकवाकी लाग्ने
वान्ता हुने
पखला लाग्ने
बच्ने उपाय
खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने
खाना खानुअघि साबुनपानीले हात धुने
संक्रमित व्यक्तिबाट टाढा रहने
यात्रा गर्दा कसैलाई माथिका लक्षण देखिएका छन् भने सो व्यक्तिबाट टाढा रहने
रुघाखोकी लागेको छ भने यसो गर्नुहोस
झोल पदार्थ बढी सेवन गर्ने
तातो पानीको बाफ लिने
नुन पानीले कुल्ला गर्ने
मास्क प्रयोग गर्नै
खकार तथा सिंगान जहाँ पायो त्यहि नफाल्ने
रुघाखोकी र ज्वरो आएको छ तर श्वासप्रश्वासमा समस्या आएको छैन भने यसबाट डराउनु पर्दैन । सामान्य रुघाखोकी र स्वाइन फ्लुको फरक पनि यहि हो ।
( डा. बन्दना पाण्डे, आकस्मिक इन्चार्ज, नर्भिक अस्पताल)
साभारः स्वास्थ्य खबरपत्रिका

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  १ : ५४ बजे