६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

किन हुन्छ चन्द्रौटा डुबान ? के छ ढल निकासको उपाय ?



माधव बेल्वासे, कपिलवस्तु २४ साउन ।
बर्षा सुरु भएपछि जम्मा हुने पानीको निकास नहुदा वर्षेनी चन्द्रौटावासी डुबानमा पर्नु परेको छ । शिवराज नगरपालिकाको मुख्य वजार चन्द्रौटा हो । यस वजारमा नगरपालिकाको कार्यलय,प्रशासन कार्यलय ,मालपोत कार्यलय,नापि कार्यलय, हुलाक कार्यलय,बन कार्यलय लगाएत सरकारि कार्यलयहरुले सेवा प्रदान गरिरहेको स्थान हो । तर यस वजार सानो वर्षा भएमा पनि डुवानको जोखिममा पर्छ । पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदा पानीको निकास बन्द भई डुवानको उच्च जोखिममा परेको हो । सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभाबि माटो फाल्दा नालि हरु पुरिएर निकास बन्द हुदा सहज टोलको सडक क्षेत्र पानी जम्मा भइ आवतजावतमा समस्या तथा घरमा समेत पानी पसेकोले स्थानिय चिन्तित भएका छन ।
चन्दौटा क्षेत्रका अधिकासं पानी निकासमा नालीहरु बुझिएकाले पानी जम्मा भएको छ । नाली निकास भएका स्थानमा घर निमार्ण गर्दा पुरिएका नाला बाट पानी निकासको लागी शसस्त्र प्रहरी,नेपाल प्रहरी सहितको टोली खुलाउने प्रयास गरेपनि स्थानिय हरुले आफुहरु डुबानमा पर्ने भन्दै अबरोध गरेका छन । पहिले पानीको निकास भएको स्थानमा सडक निमार्ण गरे पछि पानी जाने स्थान नभएकाले निकासको बाटो खोजेर खोल्नु पर्ने बताउदै एका तर्फको रोक्ने भन्दै अर्को तर्फ डुबाउन नहुने भन्दै स्थानिय हरुले कसैलाइ मर्का नपर्ने गरि काम गर्न अनुरोध गरेका छन ।
सामान्य पानी पर्दा पनि सधै डुबान हुने क्षेत्रमा पानीले डुबमानमा पर्दा पनि सामान्य निकास दिन नसकेको डुभान क्षेत्रका स्थानिय निरास बनेका छन । हरेक बर्ष डुबान पर्दा पनि नगरपालिकाले बेवास्ता गरेको उनिहरुले बताएका छन । यो क्षेत्र बाहेक अन्य धेरै क्षेत्रमा नाली पास नहुदा डुबानको जोखिम बढेको छ ।
शिबराज नगरपालिकाले गत बर्ष पनि डुबान हुदा यसपालि कुनै चासो नदिदा यो बर्ष पनि डुबान भएको स्थानिय हरुले बताएका छन । उता शिबराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले कसैलाइ पनि मर्का नपारी पानीको निकास दिने बताउनु भएको छ ।
छिटै चन्दौटा क्षेत्रका सम्पुर्ण नाली ब्यबस्थित गर्ने र सडक नाली निमाणको काम सुरु गर्ने बताउनु भयो । पेटोल पम्पको अगाडीको पानी निकासको नाली बुझिएको खोल्ने बेला भएको अबरोध बारे जानकारी पाएको बताउदै दुबै पक्षलाइ मर्का नपर्ने गरि काम गर्ने बताउनु भयो । पहिला रहेको सरकारी कुलोमा सडक निमार्ण भएको भन्ने जानकारी आएकोले सडक डिभिजन सहितको टोली बोलाएर काम सुरु गरेकोले कसैलाइ डुब्न नपर्ने गरि काम गर्ने बताउनु भयो । हरेक बर्ष डुबानको समस्या भोगेका चन्द्रौटा बासी हरुलाइ अर्को साल बाट समस्या बाट मुक्त गर्ने सडकको दुबै पट्टी नाली निमार्ण गरि पानीको सुरक्षित निकास गराउने बताउनु भयो । 

शुक्रबार निस्किएको कपिलवस्तु दर्पण साप्ताहिकमा समाचार छ । 

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १ : ३२ बजे