१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

धन कमाउन विदेश गएको छोराको शरीर बाकसमा फर्किदा !



अशोक पौडेल, जितपुर, २४ साउन ।
“कम्पनिमा अर्को ड्राईभर आउना साथ आउँछु भनी छोराले हिजो फोन गरेको जस्तो लाग्थ्यो तर आज बाकसमा लास आयो ” भन्दै मृत तौलेश्वर थारुका बुवा रामलाल थारुको आखाबाट आशु रोकीएको छैन । कपिलवस्तुको बाणगंगा ८ मा बस्ने तौलेश्वर थारु पैसा कमाउने, छोराछोरीलाई धेरै पढाउने उदेश्यले आज भन्दा तीन बर्ष अगाडी साउदी अरब गएका थिए । तर बिडम्बना उनको हृदयघातका कारण असार १६ गते साउदीमा मृत्यु भयो । असार १६ गते उनको हृदयघातका कारण मृत्यु भएपछि अस्पताल लगेको र दुई दिनका दिन अस्पतालमै उनको मृत्यु भएको हो ।
३५ दिनका दिन उनको शव घर ल्याइएको हो । करिव १ महिना भन्दा बढि समय लागेर थारुको लास गाउमा आउदा गाउ शोकाकुल भएको छ । मृत थारुका १ श्रीमति, २ छोरा र १ छोरी रहेका छन । जस मध्य जेठा छोराले कक्षा ११ छोरीले कक्षा ७ र कान्छा छोराले कक्षा ७ मा अध्ययन गर्दै आएका छन । निम्न आर्थिक अवस्थाका कारण बिदेशीएका तौलेश्वरको निधनले घरपरिवारको बिच्चली भएको छ । “छोराछोरी साना छन, कसरी पढाउने होला, घर खर्च कसरी चलाउने हो ” उनकी श्रीमति गिता थारु बताउँछिन ।
जेठमा उनी यही नेपाल आउने कुरा थियो साउदी अरवको अल बसामी कम्पनिमा थारु ड्राइभरका रुपमा काम गर्न त्यहा पुगेका थिए । रेडीमिक्स चलाउने काम पाएका उनी अर्को ड्राइभरका कम्पनिमा आउना साथ नेपाल फर्कने सोचमा रहेको र यतm घरपरिवारलाई समेत जानकारी गराएको स्थानिय समाजसेवि जग्गनाथ भण्डारीले बताए । बैदेशिक राजेगार तथा प्रवद्धन बोर्डको सहयोगमा उनलाई घर ल्याइएको समाजसेवि भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १ : ५९ बजे