११ आश्विन २०७९, मंगलबार | Wed Sep 28 2022

राप्रपा फुटेपछि कोमल वली र रेखा थापा कता ?



काठमाडौं, २४ साउन ।
भर्खरै फुटेर दुई टुक्रा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेताहरु तानातानमा लागेका छन् । नायिका रेखा थापाले मंगलबार पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्र (प्रजातान्त्रिक) लाई रोज्नुभएको छ ।
उहाँ राप्रपाको पछिल्लो महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वा्चित हुनुभएको थियो । उहाँसहित केही केन्द्रीय सदस्य पशुपति शमसेरको राप्रपा प्रजातान्त्रिकमा आएको केन्द्रीय सदस्य रविन चामलिङले बताउनुभयो ।
त्यस्तै, चर्चित गायिका कोमल वलीले भने आफू संस्थापन पक्षतर्फ नै भएको बताउनुभयो । वली पनि पछिल्लो महाधिवेशनबाट राप्रपाको केन्द्रीय सदस्यमा निर्वा्चित हुनुभएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १० : २७ बजे