१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

डा. केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै, मुटुको चाल अस्वभाविक



काठमाडौं, २४ साउन ।
१६ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएको डाक्टहरुले जनाएका छन् ।
डाक्टर केसीको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर भैसकेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । डाक्टर केसीको छातीमा समस्या देखिएको, मुटुको चाल अस्वभाविक रुपमा घटबढ हुने गरेको र शरीरमा नुन तथा चिनीको मात्रा पनि निकै कम भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने अवस्था रहेको डाक्टरले बताएका छन् ।
सुई लगाएको ठाउँमा पनि संक्रमण हुन थालेको र श्वास फेर्न पनि निकै गाह्रो भैरहेको डाक्टरहरुले बताएका छन् । माथेमा प्रतिवेदनमा भएका कुरा समेटेर चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने मुख्य माग राखेर १६ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीविच आज हुने भनिएको वार्ता पनि हुन सकेन ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  ३ : ५९ बजे