८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हाट बजार सञ्चालनमा वडा अध्यक्ष र समितिबिच विवाद



विकास थापा, कपिलवस्तु, २५ साउन ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवामा लाग्दै आएको साप्ताहिक हाटबजार सञ्चालनको विषयमा बिबाद सिर्जना भएको छ । सोहि वडाका वडा अध्यक्ष धुव्र बेल्वासे र हाटबजार ब्यावसायी समितिका अध्यक्ष ज्ञानबहादुर थापा विच विवाद उत्पन्न भएको हो ।
हाट बजार सञ्चालनको सन्दर्भमा वडा अध्यक्ष बेल्वासेले नयाँ व्यवसायिलाई पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने आग्रह गनुएभएको थियो । उक्त आग्रहलाई हाट बजार व्यवसायि समितिले नमिल्ने बताएपछि विवाद उत्पन्न भएको बताइएको छ ।
वडा अध्यक्षको भनाई प्रति विरोध जनाउदै समितिले मङ्गलबार विज्ञप्ति निकालेको छ । हाट बजार सञ्चालनको सन्दर्भमा वडा अध्यक्षले आफुहरु माथि गाली गलौज गरेको आरोप लगाउदै समितिले विज्ञप्ति निकालेको हो ।
यद्यपि वडा अध्यक्ष बेल्वासे संग प्रतिक्रिया लिदाँ पुराना ब्यापारीलाई मात्र ब्यावसाय गर्न दिनु पर्छ भन्ने समितिको भनाई प्रति आफुले असहमती राख्दै नयाँलाई पनि थप्नु पर्छ भन्दा सामान्य भनाभन मात्र भएको बताउनुभयो । समितिले अनाहकमा विज्ञप्ति निकाली आफुलाई बदनाम गर्ने उद्देश्य राखेको उहाको भनाई छ ।
हाट बजार समितिले विज्ञप्तिमा वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्ति समितिका अध्यक्ष ज्ञान बहादुर थापामाथि दुव्र्यवहार गरेको जनाएको छ । निकै उत्तेजक किसिमले अध्यक्ष माथि हातपात नै गर्ने गरि वडा अध्यक्ष बेल्वासेले दुव्र्यवहार गर्न खोजेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  १२ : ३९ बजे