१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

५ बर्षमा ३ सय ८८ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्क



किरणमान व्रजाचार्य, कपिलवस्तु, २५ साउन ।
कपिलवस्तुमा आत्महत्या डरलाग्दो अपराधका रुपमा देखा परेको छ । केही बर्षयता आत्महत्याको क्रम नरोकिए पछि यो गम्भिर सामाजिक समस्याको रुपमा देखा परेको छ । प्रहरीका अनुसार ५ बर्षमा ३ सय ८८ आत्महत्याका घटना भएका छन । आत्महत्या गर्नेको संख्यामा हरेक बर्ष बृद्धि भए पछि यो गम्भीर समाजिक समस्याका रुपमा देखिएको प्रहरीले जनाएको छ ।
यस्तै पछिल्लो १० बर्षयता आर्थिक बर्ष २०७२÷७३ मा सबैभन्दा बढी १ सय ५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कंमा छ । बालबालिका, युवायुवती, अर्धबैश लगायत उमेरले परिपक्व रहेका ब्यक्तिले पनि हत्या गरी अनाहकमा आफ्नो ज्यान फालेका छन । आर्थिक बर्ष २०७३÷०७४ मा ७७ जनाले आत्महत्या गरेका छन । झुण्डी, बिषसेवन शरीरमा आगोलगाई र हामफालेर आत्महत्या गरेका मध्ये आधाजति युवायुती रहेका छन ।
प्रहरी उपरिक्षक भोजजंग शाहले शिक्षक, बिद्यार्थी, कृषक, मजदुर, दलका नेता लगायतका हरेक समुदायका ब्यक्तिहरु समेतले आत्महत्या गरेकोले यो गंभीर सामाजिक समस्याका रुपमा देखा परेको बताउनुभयो ।
गत आर्थिक बर्ष ०७२÷०७३ मा आत्महत्याका अपराधिक घटना मध्ये सबैभन्दा बढी ४४ जना झुण्डीएर, २७ जना बिषसेवन, ४ जना आगो लगाई र २ जना हामफालेर आत्महत्या गरेका थिए । यो अपराध बढ्नुमा मानसिक असन्तुलन र घरायसी झगडा प्रमुख कारण प्रहरीले औल्याएको छ । प्रहरी अनुसंधानले मानसिक असन्तुलन घरेलु हिंसाबाट घरायसी झगडाले आत्महत्या गरेको देखाएकोछ । यस्तै गरीबी र मादकपदार्थ सेवनका कारण तथा अन्य कारणले आत्महत्या गरिएका छन ।
बढ्दो महंगी, बेरोजगारी, बदलिदो सामाजिक परिबेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार अधिकांश व्यक्तिहरु आर्थिक विपन्नताका कारण आत्महत्या गर्ने गरेका छन् ।
घरमा श्रीमान श्रीमति बिच सधै हुने झैझगडा, बिवादले गर्दा नै अधिकांसले आत्महत्या गरेको पाईएको छ । अर्कातर्फ केही बर्षयता बिवाहित पुरुषहरु बिदेशीनेक्रम बढेसंगै तिनीहरुका श्रीमतिहरु परपुरुषसंग सम्बन्ध बढाउने घटना बढेकोले पनि आत्महत्याको घटनामा बृद्धि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ८ : ४३ बजे